शेयर लगानीकर्ताका लागि नयाँ साप्ताहिक तालिका लागू

साझा लाल्टिन संवाददाता

 २३ चैत,काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो साप्ताहिक कारोबार तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ। अब आइतबार सार्वजनिक बिदा हुने भएकाले उक्त दिन शेयर कारोबार बन्द रहनेछ भने त्यसको सट्टा शुक्रवार बजार खुला गरिनेछ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, सरकारको आइतबार बिदा दिने निर्णयसँगै बजार सञ्चालन तालिका मिलाउन यस्तो व्यवस्था गरिएको हो। यसअघि भने शुक्रवार शेयर कारोबार बन्द रहने गर्थ्यो।

नयाँ व्यवस्थाअनुसार अब शेयर बजार सोमबारदेखि शुक्रवारसम्म सञ्चालन हुनेछ, जबकि आइतबार विश्राम दिनका रूपमा रहनेछ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसले विभिन्न क्षेत्रजस्तै शेयर बजारमा पनि प्रभाव पारेको छ।

प्रतिक्रिया