एमालेको सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश गराउँदै अम्बिरबाबु गुरुङ

साझा लाल्टिन संवाददाता

काठमाडौं । नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका ओखलडुंगाका प्रभावशाली नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले एमालेको सिंगो जिल्ला कमिटी नै नेपाल कम्युनिष्ट पार्टीमा समाहित गराउने भएका छन्। नेता गुरुङले आज काठमाडौंमा भएको अगुवा नेता कार्यकर्ता माझ यस्तो बताएका हुन । 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपाको आधिकारिक उमेदवार बनेका गुरुङले भोली एक कार्यक्रम गरी सिंगो जिल्ला कमिटि प्रवेश गराउन लागेको जानकारी दिए। 

ओखलढुंगा जिल्ला कमिटी एमालेले गुरुङलाई उमेदवार बनाउन सिफारिस गरेपनि युवा नेतृ अस्मिता थापालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेपछि असन्तुष्ट बनेका गुरुङले जिल्ला कमिटि सहित विद्रोह गरेका हुन्।

ओखलढुंगामा लामो समयदेखि बलियो राजनीतिक पकड बनाएका गुरुङको पार्टी परिवर्तनसँगै त्यहाँको चुनावी समीकरण बदलिएको छ भने कांग्रेको असन्तुष्ट पक्षले गुरुङलाई समर्थन गर्ने सम्भावना समेत रहेको बुझिएको छ । जनता समाजवादी नेपाल जसपाले यस अघिनै समर्थन जनाइसकेको छ ।

गुरुङको यो कदमले एमालेलाई ठूलो झट्का लागेको छ भने अब ओखलढुंगामा चुनावी लाभ नेकपाले लिने विश्लेषण हुन थालेको छ ।

स्थलगत रिपोर्ट पत्रकार : प्रदिप खड्का 


प्रतिक्रिया