सरकारी कार्यालयको समय परिवर्तन: अब बिहान ९ देखि बेलुकी ५ बजेसम्म सेवा

साझा लाल्टिन संवाददाता

काठमाडौं । अब सरकारी कार्यालयको घडी फेरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।

यसअघि कार्यालयहरू बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए भने जाडोयाम (कात्तिक १६ देखि माघ १५) मा समय अझ छोट्याएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राखिने गरिएको थियो। नयाँ व्यवस्थासँगै सेवाग्राहीले एक घण्टा अगाडि नै सेवा पाउने भएका छन्।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन—शनिबार र आइतबार—बिदा दिने निर्णयसँगै कार्यालय समय पनि पुनःसमायोजन गरेको हो। यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशित भइसकेकोले आजदेखि नै कार्यान्वयनमा आएको छ।

यद्यपि, यस्तो समय परिवर्तन नेपालका लागि नयाँ भने होइन। यसअघि २०७९ साल जेठ १ गते पनि सरकारले परीक्षणका रूपमा बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास गरेको थियो।

प्रतिक्रिया