ठूला माछा समात्न अख्तियारलाई गृहमन्त्रीको खुला समर्थन

साझा लाल्टिन संवाददाता

 २३ चैत,काठमाडौं गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग भेट गरी भ्रष्टाचारविरुद्धका मुद्दामा थप सक्रियता देखाउन आग्रह गरेका छन्।

गृहमन्त्रीनिकट स्रोतका अनुसार तीन दिनअघि भएको उक्त भेटमा गुरुङ टोलीसहित आयोग पुगेका थिए। उनले अनुसन्धान र अभियोजनका कामलाई तीव्र बनाउन सरकारको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्रोतका अनुसार भेटका क्रममा गुरुङले राईलाई आवश्यक परे सूचना र जनशक्ति उपलब्ध गराउन तयार रहेको भन्दै कुनै पनि प्रभाव वा दबाबमा नपरी काम गर्न सुझाव दिएका थिए। “सरकारको भावनाअनुसार निष्पक्ष रूपमा अघि बढ्नुस्, कसैलाई पनि छुट नदिनुस्,” उनले भनेको स्रोतले जनाएको छ।

यसअघि पनि राईले पूर्वप्रधानमन्त्री र उच्च पदस्थ अधिकारीहरू मुछिएका ठूला भ्रष्टाचारका मुद्दामा आफूहरूले निष्पक्ष अनुसन्धान र अभियोजन अघि बढाएको जानकारी गृहमन्त्रीलाई गराएका थिए।

गृहमन्त्रीको समर्थनपछि विगतमा राजनीतिक दबाबका कारण ओझेलमा परेका ठूला प्रकरणहरू—जसमा ‘ठूला माछा’ भनिने प्रभावशाली व्यक्तिहरू संलग्न छन्—तिनको अनुसन्धानले नयाँ गति लिएको स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया