१० कम्युनिस्ट पार्टीहरूको सयुक्त प्रेस वक्तव्य, कयुनिस्ट आन्दोलनलाई क्रातिकारी धारमा एकताबद्ध गर्दै अगाडी बढ्ने

साझा लाल्टिन संवाददाता

काठमाडौँ २३ असार - नेपालका १० कम्युनिष्ट दलहरुले असार १० गते वैठक बसी निर्धारण गरेका कारयक्रहरु गुणका दृष्टिले भव्य भएको निष्कर्ष गरेको सयुक्त प्रेस वक्तव्य मार्फत सार्बजनिक गरेको छ 

इरानमाथि अमेरिकाले चलाएको युद्ध अमेरिकी कानुन, संयुक्त राष्ट्रसंघको वडापत्र र मान्यताहरु तथा अन्तराष्ट्रिय मुल्य र मान्यता बाट अवैधानिक एंव मानवीय दृष्टिले अपराधिक, न्यायका दृष्टिले अन्यायपूर्ण भएको दाबी गर्दै यी  दलहरूले १२ असार २०८२ विरोध प्रर्दशन, १३ असार २०८२ ज्ञापन पत्र र १७ असार २०८२ एक्यवद्धता एवं प्रदर्शनका कार्यक्रमहरु घोषणा गरि कार्यक्रम सम्पन्न गरेका छन् ।

यी दलहरुले आगामी दिनहरुमा नेपाली कयुनिस्ट आन्दोलनलाई क्रातिकारी धारमा एकताबद्ध गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्धाहरुमा कार्यगत एकता, मोर्चाबद्ध एक्यबद्धताको आन्दोलनमा अगाडी बढ़ने निर्णय  गरेको छ । 

नेकपा (बहुमत)का महासचिव कन्चन, नेपाल कम्युनिस्ट पार्टीका संयोजक, बसन्त, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, नारायण शर्मा, नेकपा मार्क्सवादी (पुष्पलाल)का अध्यक्ष, मानधोज गुरुङ, बैज्ञानिक समाजवादी मोर्चा (कपाने)का संयोजक आशिष, श्रमिक जनता पार्टी नेपालका अध्यक्ष, दुर्गा बराइली, नेपाल समृद्धि पार्टीका,टेक बहादुर विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी बिद्रोहीका, प्रवक्ता बिके सि नेपाली, माक्र्सवादी एकता अभियानका संयोजक, श्रीकान्त र नेकपाका उपाध्यक्ष, शम्भु कट्टेललगायतले विज्ञप्ति जारी गरेका छन् 

सबै प्रकारका संशोधनवाद, अवसरवाद,प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रातिकारी आन्दोलन अघि बढाउन सबै देशभक्त, जनवादी, क्रातिकारी,सर्वहारा सबैमा देशको आमुल परिवर्तन गर्ने आन्दोलनमा गोलबन्द हुन अपिल  गरेको  छ । 



प्रतिक्रिया