सुशासन र विकासको उदाहरणीय पालिका सुनकोशी गाउपालिका ओखलढुंगा

साझा लाल्टिन संवाददाता

काठमाडौं ९ असार - ओखलढुंगा जिल्ला सुनकोशी गाउपालिकाले यो पछिल्लो ३ बर्षमा सुशासन के हो र विकास कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरणीय पालिका बनेको स्थानीयले बताएका छ्न । 

२०७९ को स्थानीय निर्वाचन बाट निर्वाचित पालिका अध्यक्ष कमल तामाङले प्रतिबद्धता गरेका हरेक कुरा सम्पन्न गर्ने काममा अगाडि बढेको स्थानीयले बताएका छन । इक्षा शक्ति भए के हुने रहेनछ, बिकासमा धेरै पछि परेको सुनकोशी आज बिकास ले ठुलो फड्को मारेको छ । स्थानीयहरु भन्नू हुन्छ, हिजो अन्धकार थियो छोटो समयमा अध्यक्ष ज्युको सक्रियताले एक बर्षमै पालिका नै झिलिमिली भयो । मोटर बाटो खाल्डाखुल्डी रहित छ, अफ्ट्यारो ठाउँमा ढलान सोलिङ गरेर समस्या रहित बनेको छ । पालिकामा पक्की भवन निर्माण भएको छ, प्रतेक वडा भवन  निर्माण सम्पन्न भएका छ्न । एक घर एक धारो अभियान अन्तर गत काम भैरहेको छ । पालिका भित्रका प्रत्येक सरकारी कार्यालयमा डिजिटल हाजिरी गर्ने व्यवस्था गरेपछी समयको बोध सबैमा भएको छ । प्रत्येक स्कुलमा अध्यक्ष ज्युको एक एक हप्तामा निरीक्षणले गर्दा सबै स्कुलले मुहार फेरेको छ, अध्यक्ष तामाङको सक्रियताले पालिकाले नै मुहार फेरेको भन्दै  स्थानीयवासीहरु ले खुशी व्याक्त गरेका छन्, साथै छिमेकी गाउपालिकाका नागरिकहरुले पनि अध्यक्ष तामाङले गरेको बिकासको खुलेर प्रसंशा गर्ने गरेका छन ।

अध्यक्ष तामाङले भनेका छन : नागरिकले जे चाहन्छन स्थानीय सरकार तयार छ । आफ्नो गाउँ टोलका समस्या खुलस्त पारेर भन्न पनि तामाङले प्रत्येक नागरिकसग आग्रह गरेका छन । गाउँपालिकाले दिने सेवा प्रबाहमा कुनै समस्या भए आफुलाई जानकारी दिन अनुरोध गर्दै तामाङले  एक घण्टा भित्र सुनकोशीका नागरिकको समस्या समाधान गर्ने प्रष्ट पारेका छन ।

सुनकोशी गाउँपालिकाका नागरिकको शिर उच्च पार्न कुनै कसर बाकी राक्ने छैन । मेरो मन, मुटु र मस्तिष्कमा आम नागरिकको सेवा गर्ने भन्दा बाहेक कुनै अर्को उदेश्य छैन त्यसैले केही समस्या परे आफुलाई सम्पर्क गर्न आम सर्बसाधारणसग तामाङले आग्रह गरेका छन ।

आफुले गर्न बाकी रहेका, निर्वाचनका बेला प्रतिबद्धता गरेका हरेक काम सम्पर्न गर्न आफु तयार रहेको पनि तामाङले प्रष्ट पारेका छन । 

बिरोधिहरु ले विभिन्न प्रकारका भ्रमपुर्ण समाचारहरु प्रकाशन गरेको प्रर्ती तामाङले भनेका छन : यो गणतन्त्र हो बोल्न पाउने मानिसहरु को स्वतन्त्रता हो काम गर्ने मान्छेलाई खुट्टा तान्ने मानिसको कुनै कमि छैन म काम गर्न आएको हो काम गरेर देखाउछु । यो बिरोध पनि हामीले राम्रो काम गरेकै कारण आएको हो । कसरी भर्म छर्न सकिन्छ भनेर बिरोधिहरु लागेका छन, तर हामी बिरोधिहरु लाई कामले जबाफ दिन्छौ दिने हो  विभिन्न समयमा विभिन्न माध्यम बाट बिरोध अथवा समर्थन एवं सुझाव सल्लाह दिएकोमा यहाँ हरुलाइ धेरै धेरै धन्यवाद छ यो शुझाब सल्लाह लाई सिरोधार्य गरेर अगाडि बढ्ने अध्यक्ष तामाङले साझा लाल्टिन अनलाइन खबर लाई जानकारी दिएका छन । 

प्रतिक्रिया