काठमाडौ १६ असार - राष्ट्रिय धानबाली दिवस -२०८२ को अवसरमा सम्पुर्ण श्रमजीवी किसान, कृषक युवाशक्ती,कृषिप्रेमी बैज्ञानिक तथा कृषि सम्बद्ध जनसमुदायप्रति नेपाल कम्युनिस्ट पार्टीले शुभकामना व्यक्त गरेको छ ।
नेकपाका संयोजक बसन्तले असार १५ गते एक बिज्ञप्ति जारी गर्दै धानबाली दिवस बालीको उत्सव मात्र नभई सामाजिक आर्थिक र राजनीतिक जीवन संघर्षसँंग गम्भीर र अकाट्य वर्गीय प्रश्न रहेको प्रस्तुत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पनि नेपाली कृषि सामन्ती लालपुर्जा,दलाल-पुँजीवादी प्रभुत्व, नव औपनिवेशिक कृषि नितिहरुको बन्दी बनेको र कृषक मुक्ति,आत्मनिर्भर कृषि अर्थतन्त्रको मार्ग अबरुद्ध बनेको छ र कृषि क्षेत्रमा भुमि बैंक, सार्वजनिक- निजी साझेदारी (PPP)का नाममा भैरहेको भुमी कब्जा गर्ने, कृषकबाट भुमि खोस्ने, श्रमिकलाई भुमिविहीन बनाउने र बहुराष्ट्रिय कम्पनीलाई नेपाली माटोमा स्थायी रुपमा प्रवेश गराउने नियोजित हमलाले कृषि क्षेत्रमा रूपान्तर सम्भव नहुने उल्लेख गरिएको छ ।
नेकपाले भनेको छ : सामन्ती लालपुर्जा, दलाल-पुँजीवादी नव-औपनिवेशिक कृषि नीति खारेज र भुमिमाथि श्रमको स्वामित्व कायम गरी बैज्ञानिक समाजवादी कृषि प्रणालीको पुनर्गठन गरेर मात्र स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र, खाध संप्रभुता, र राष्ट्रिय स्वाधीनतालाई सुनिश्चित गर्ने हुदा यो दिशामा अगाडी बढन सम्पुर्ण श्रमजीवी किसान, कृषक युवाशक्ती,कृषिप्रेमी बैज्ञानिक तथा कृषि सम्बद्ध जनसमुदायप्रति अपिल गरेको छ ।