२९ भदौ,काठमाडौँ - ओखल्ढुङ्गा जिल्ला चम्पादेवी गाँउपालिकाले चाडपर्वलाई लक्षित गर्दै सडक मर्मत कार्यलाई तीव्र रुपले अगी बढाएको छ ।
बर्षातको समयमा बाढी, पहिरोले चम्पादेवी गाउँपालिकाको विभिन्न ठाउमा सडक अबरुद्ध थियो, यातायात आवतजावतमा समस्या भएकाले पालिका भरिका सबै सडक मर्मत कार्य भैरहेको पालिका अध्यक्ष नबराज के.सि ले साझा लाल्टिन लाई जानकारी दिए ।
अध्यक्ष केसीका अनुसार मुख्य सडक अर्थात बस आवतजावत गर्ने पालिकाका सडकहरु पालिकाले नै पर्खाल जाली लगाएर निर्माण गरिरहेको र पालिकाका १० वटै वडाहरुमा सम्बन्धित वडाले बाढी र क्षेती ग्रस्त ठाउहरुमा निरन्तर काम अगाडि बढाउने बताएका छन ।
हाल पलापु भञ्ज्याङ् देखी कमिलेचौर सम्मको बाटो मर्मत कार्य भैसकेकाले यातायात आवतजावत मा सहज भैसकेको अध्यक्ष केसि ले बताएका छ्न ।
14 September 2025