Zen_G पुस्ताले नै अन्तरिम सरकारको नेतृत्व गर्नु पर्ने माग

साझा लाल्टिन संवाददाता

२६ भदौ,काठमाडौँ - नेपालमा जेन्जी पुस्ताले ठूलो आन्दोलन गर्यो आफ्नो बलिदान दियो तर यो देशको अन्तरिम सरकार निर्माणमा नेतृत्व म गर्छु भन्न सकेन, प्रिय युवा जेन्जी पुस्ता साथीहरू यो हिम्मत जेन्जी पुस्ताले नै गर्नुहोस्  के यो हिम्मत तपाईहरुमा छ । के तपाईहरु अगाडि आउन तयार हुनुहुन्छ । म पनि एउटा जेन्जी पुस्ता भएको नाताले कोही तयार हुनुहुन्न भने म तयार छु, म गर्छु हिम्मत, तपाईहरु तयर हुनुहुन्छ । 

अहिले नेपाली समाज भ्रष्टाचारमा लिप्त भएको छ देशको अर्थतन्त्र निकै नाजुक छ । प्रत्येक कार्यपालिका न्यायपालिका र व्यवस्थापिका पुरै भ्रष्टाचारको आहालमा डुबेको छ यसलाई नियन्त्रणमा ल्याउने  उपाए पनि हामी युवाहरूमा छ । नेपाल बाह्य हस्तक्षेपमा परेको छ, देशलाई बाहि्य हस्तक्षेपबाट मुक्त गरी स्वाधीन र आत्मनिर्भरताको बाटोमा अगाडि बढाउन जरुरी छ । हामीले आन्दोलन गर्यौ, आन्दोलनले जन-बिरोधी, राष्ट्र बिरोधी सत्तालाई पराजित गरि आफ्नो लक्ष्य पूरा एवं विजय हासिल गर्यो, तर देशले एउटा सक्षम जेन्जी लिडर पाएन यहाँ ६०/६५ वर्ष नागेका रिटाएर लाइफ बिताएर बसेकाहरुलाई नै यो देश दिने, हामी किन तयार छैनौं हामी केमा असक्षम छौ । देश समाजवादी व्यवस्थामा गएको हेर्न मन छ जहाँ सबैले सबैको सम्मान अधिकार होस् चाहन्छ । लाखौं लाख युवाहरू देशमा रोजगार नपाएर मध्यपूर्व एवं विभिन्न मुलुकमा आफ्नो र आफ्नो परिवारको भविष्य खोज्दै भौतारी रहेको छन । यहाँ स्वास्थ्य र शिक्षालाई व्यापारिक हब बनाइएको छ । यसको अन्त्यसँगै सुन्दर नेपाल निर्माण गर्न हामी जेन्जी नै जुटौं। ३ करोड नेपाली जनताको साझा फूलबारीको रुपमा संसारलाई चकित हुने गरी नेपाललाई अगाडि बढाउ ।

नेपाली माटोलाई सुहाउँदो नेपाली भूगोल नेपाली माटो विशेषताको संविधान एवं समाज निर्माण हामी जेन्जी पुस्ताले नै  निर्माण गर्न सक्छौं। आज देशलाई सही निकास दिने समय आएको छ । नेपाली समाज आज आशा बिहिन भएको छ । आशा बिहिन समाजलाई आशा भर्ने काम हाम्रो जेन्जी पुस्ताको हो । नेपाली समाजमा केही आशा भएका आशालाग्दा प्रिय व्यक्तित्वहरु प्रती हाम्रो Zen _G को तर्फबाट तपाईहरुलाई अनुरोध छ युवाहरुले तपाईहरुलाई विश्वास गरे तपाईहरु अहिलेसम्म समाजमा आशा बन्नु भएको छ तपाईंहरुले एकपटक हामी युवा पुस्तालाई सपोर्ट गर्नुस् हामी समाजलाई तपाईहरुले जस्तै एउटा आशा विहिन समाजलाई आशा भर्ने अठोट गर्छौं। 


प्रतिक्रिया