रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको मृत्यु

साझा लाल्टिन संवाददाता

काठमाडौँ ११ भदौ - रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया