कांग्रेस विवादको छिनोफानो आज, १५औँ महाधिवेशन तालिकामाथि पनि आजै सुनुवाइ

साझा लाल्टिन संवाददाता

२७ चैत,काठमाडौं नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतमा आज महत्वपूर्ण सुनुवाइ हुने भएको छ।

दुवै रिटको पेशी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च पुगेको हो। आयोगको निर्णय बदर गर्न माग गर्दै देउवा पक्षले रिट दायर गरेको छ।

यता, उक्त मुद्दा अदालतमा विचाराधीन रहँदा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको र सदस्यता खुला गरिएको निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले छुट्टै रिट दायर गरेका छन्।

आजको सुनुवाइले कांग्रेसको नेतृत्व वैधानिकता र महाधिवेशनको भविष्यमा सीधा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया