लेखा समितिको सभापतिमा कांग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

साझा लाल्टिन संवाददाता

३ वैशाख, काठमाडौं, 

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पद कांग्रेसलाई दिने निर्णय गरेको रास्वपाले जनाएको छ ।

आज समितिका सभापतिहरूको मनोनयन दर्ता हुँदैछ । सोही क्रममा कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ ।

यसैबीच, नेकपा एमाले र नेकपाले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया