काठमाडौं - मनकामना दर्शन गरी फर्कँदै गरेको यात्रुवाहक माइक्रो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार शहीदलखन गाउँपालिका–३ कनटारमा भएको हो।
प्रहरीका अनुसार, बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार थिए। सडकबाट करिब २०० मिटर तल खसेको बसमा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य ८ जना घाइते अवस्थामा उद्धार गरिएको छ।
घटनास्थलमा अहिले प्रहरी र स्थानीय उद्धार टोली सक्रिय छन्। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
14 March 2026