रिट खारेज, तर चेतावनी कडा: केपी शर्मा ओली र रमेश लेखक को हिरासत म्याद अब नथप्न आदेश

साझा लाल्टिन संवाददाता

काठमाडौँ - केपी शर्मा ओलीरमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अदालतले महत्त्वपूर्ण निर्णय दिएको छ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गरे पनि हिरासत सम्बन्धी विषयमा स्पष्ट निर्देशन दिएको हो। अदालतले हाल तेस्रो पटक थपिएको ५ दिनको म्यादभित्रै अनुसन्धान सक्नुपर्ने उल्लेख गर्दै अब थप म्याद नथप्न आदेश दिएको छ।

आदेशअनुसार, उक्त समयावधिभित्र मुद्दा दायर गर्ने वा नगर्ने निर्णय लिनुपर्नेछ। यदि सो अवधिमा निर्णय हुन नसकेमा भने कानुनी प्रक्रिया पूरा गरी दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्ने अदालतले जनाएको छ। साथै, हिरासत बाहिरै रहेर थप अनुसन्धान अघि बढाउन सकिने पनि अदालतले स्पष्ट पारेको छ।

यस निर्णयले अनुसन्धान निकायलाई समयसीमा भित्रै काम सम्पन्न गर्न दबाब दिएको छ भने सम्बन्धित व्यक्तिहरूको व्यक्तिगत स्वतन्त्रताको सवालमा पनि अदालतले सन्तुलित दृष्टिकोण अपनाएको देखिन्छ। 





प्रतिक्रिया