जेनजी विध्वंसका अभियुक्त छुटाइदिने बहानामा लाखौं ठगी

साझा लाल्टिन संवाददाता

१८ चैत,काठमाडौं काठमाडौंमा जेलमा रहेका अभियुक्तलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–मण्डिखाटार, हलेसी महादेव मार्ग बस्दै आएका ४५ वर्षीय हरिबहादुर थापामगर र उनकी श्रीमती ३७ वर्षीया मिठु भनिने अनिता थापामगर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले गत भदौ २३ र २४ गते जेनजी विध्वंससँग सम्बन्धित घटनामा पक्राउ परेका व्यक्तिहरूलाई अदालतमा ‘सेटिङ’ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ ठगी गरेका थिए।

उनीहरूले छुटाइदिने दाबी गरेका तीन जना भने हालसम्म अदालतको आदेशअनुसार पुर्पक्षका लागि सुन्धारा कारागारमा नै रहेको खुल्न आएको छ।

हिजो पक्राउ परेका मगर दम्पतीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया