रेशम चौधरीको उम्मेदवारी खारेज

साझा लाल्टिन संवाददाता

नागरिक उन्मुक्ति नेपाल पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीविरुद्ध उजुरी परेकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले चौधरीको उम्मेदवारी खारेज भएको जानकारी आयोगमा प्राप्त भएको नयाँ पत्रिकालाई बताए। कैलाली क्षेत्र नं १ को मुख्य निर्वाचन अधिकृतको निर्णयबाट चौधरीको उम्मेदवारी खारेज भएको हो। सूचना अधिकारीका अनुसार मुख्य निर्वाचन अधिकृतबाट भएको निर्णय आयोगमा प्राप्त भएको छ।

७ भदौ ०७२ मा टिकापुरमा भएको हत्याकाण्डमा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेका थिए। तर, १५ जेठ ०८० मा गणतन्त्र दिवसका अवसर मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिबाट कैद मिनाहा पाएपछि उनी कैदमुक्त भएका थिए।


प्रतिक्रिया