काठमाडौँ - गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक ठहर गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएको छ। शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई मान्यता दिने निर्णय सुनाएको हो।
यसअघि शेर बहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गर्दै दायर गरेको रिटमा अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको थियो। निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता दिएपछि उत्पन्न विवाद अदालत पुगेको थियो।
अदालतको पछिल्लो फैसलासँगै गगन थापा नेतृत्वको समिति नै नेपाली कांग्रेसको आधिकारिक निकाय हुने स्पष्ट भएको छ।
17 April 2026