प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन

साझा लाल्टिन संवाददाता

प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।

आजै दिउँसाे ३: १५  बजेका लागि बैठक बाेलाइएपनि विशेष कारण देखाउँदै भाेलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएकाे हाे । 

पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया