काठमाडौं - नेकपा एमाले रोल्पाका नेता शान्तकुमार वलीले केन्द्रीय नेतृत्वको व्यक्तिकेन्द्रित कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा सार्वजनिक गरेका हुन्।
सशस्त्र द्वन्द्वकालमा रोल्पा माओवादीको आधार इलाका मानिँदा समेत एमालेको जिल्ला सचिवका रूपमा संगठन विस्तारमा सक्रिय वलीले लामो समय पार्टी नेतृत्व गरेका थिए।
२०६४ को पहिलो संविधानसभा निर्वाचन मा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध प्रतिस्पर्धा गरेका थिए भने २०७४ को स्थानीय तह निर्वाचन मा त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
राजीनामा पत्रमा उनले अब स्वतन्त्र रूपमा जीवनयापन गर्ने उल्लेख गरेका छन्।
21 March 2026