सुनखानीमा ड्रोन आक्रमण हुँदा तीन चिनियाँ इञ्जिनियरको मृत्यु

साझा लाल्टिन संवाददाता

 १२ मंसिर, काठमाडौं - अफगानिस्तानको सीमानामा रहेको ताजिकिस्तानमा चिनियाँ कामदारहरूमाथि घातक ड्रोन आक्रमण हुँदा तीन चिनियाँ इञ्जिनियरको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

ताजिकिस्तानको विदेश मन्त्रालयले सुनखानीमा आक्रमण भएको पुष्टि गरेको छ । आक्रमणमा ग्रेनेड र विस्फोटक पदार्थ प्रयोग भएको बताइएको छ । बुधबार राति ताजिकिस्तानको दक्षिणपश्चिमी खातलोन क्षेत्रमा रहेको क्याम्प हाउजिङ कम्पनीका कर्मचारीलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

आक्रमण सीमापारबाट गरिएको दाबी गरिएको छ । योल बोर्डर डिटेचमेन्टमा रहेको पहिलो सीमा गार्ड पोस्ट इस्तिकलोलू नजिकै रहेको एलएलसी शोहिन एसएम कामदार शिविरलाई लक्षित गरी आक्रमण गरिएको थियो । यो सुनखानी हो ।


प्रतिक्रिया