सिन्धुलीबाट रहस्यमय तरिकाले हराएका लोपोन्मुख आदिवासी हायु समुदायका १६ जना कास्कीमा भेटिएका छन्। कास्कीको पोखरा महानगरपालिका–३० गोगनगौंडास्थित स्थानीयको घरमा भेटिएका छन् ।
आइतबार बिहान उनी पोखराको जननी होटलबाट निस्किएको खुलेको थियो । सिन्धुली प्रहरीसँग समन्वय गरी उनीहरुलाई घर फर्काउने तयारी भइरहेको कास्कीका एसपी श्यामलाल ओलीयाले बताएका हुन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएकाे थियाे । गाउँपालिकाले १६ जना बेपत्ता भएकाे जानकारी दिएकाे थियाे । तर प्रहरीकाे अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्सँग काठमाडाैँमा बस्ने गरेकाे खुलेकाे थियाे ।
यी हुन् हायू परिवारका १५ जना
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)