भक्तपुरबाट केपी शर्मा ओली पक्राउ, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन
साझा लाल्टिन संवाददाता
28 March 2026
काठमाडौँ ।केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई जरुरी पक्राउ पुर्जी थमाइएको छ।
शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित आयोगले ओलीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। चैत २४ मा बुझाइएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्ने निर्णय गरेको हो।
भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। उक्त प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको आयोगको निष्कर्ष छ।