तारा चिन्हमा मतदान गर्न रामेछाप जिल्ला पार्टीको अपिल

साझा लाल्टिन संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी, रामेछाप जिल्ला पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न जिल्लावासी मतदातासमक्ष अपिल गरेको छ । जिल्ला पार्टीले अत्याधिक मतसहित पार्टीका उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार श्याम कुमार श्रेष्ठ ‘कुशल’ लाई मैदानमा उतारिएको छ । जनताको सेवा, सुशासन र न्यायपूर्ण राज्यसत्ता निर्माणको स्पष्ट प्रतिबद्धतासहित श्रेष्ठले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरूमा जित बहादुर दाहाल ‘जितेन्द्र’, सरद रसाइली बिष्णुमाया थापा मगर रहेका छन् । रामेछाप जिल्ला पार्टीले यी उम्मेदवारहरूलाई जनताको भरोसायोग्य प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरेको छ ।

जिल्ला पार्टीले पुराना दलहरूको असफलताबाट देश र जिल्लालाई निकास दिन वैकल्पिक कम्युनिष्ट शक्तिको खाँचो रहेको उल्लेख गर्दै, तारा चिन्हलाई परिवर्तन, सुशासन र जनमुखी राज्यसत्ताको प्रतीकका रूपमा अघि सारेको छ ।

पार्टीका अनुसार जिल्लाभर घरदैलो, कोणसभा र आमसभामार्फत पार्टीका नीति–कार्यक्रम जनतामाझ लैजाने अभियान तीव्र पारिएको छ र चुनावी प्रतिस्पर्धामा उत्साहजनक जनसमर्थन प्राप्त हुँदै गएको छ ।

प्रतिक्रिया