मनी लन्डरिङ केस फैलिँदै: अग्रवाल बुबा–छोरा दुबै पक्राउ
साझा लाल्टिन संवाददाता
05 April 2026
२२ चैत,काठमाडौं - शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ।
यसअघि नै सोही प्रकरणमा उनका पिता तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि नियन्त्रणमा परिसकेका छन्। यो घटनाक्रम विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट पक्राउ परेपछि थप फैलिएको हो।
प्रहरी स्रोतका अनुसार भट्टसँग भएका आर्थिक कारोबारको अनुसन्धान विस्तार गर्दै जाँदा सुलभ अग्रवालको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानको दायरा अझै फराकिलो बनाइँदै गरिएको छ, र भट्टसँग शंकास्पद कारोबार गर्ने कम्तीमा आधा दर्जन अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको बताइएको छ।