काठमाडौँ २८ असार - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी एकता आजको आवश्यकता भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै उनले एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको धारणा व्यक्त गरेका हुन् । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको उनको भनाइ थियो ।
'अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ नेता खनालले बताएका छन ।