युद्धविराम गर्न सहमत भए ट्रम्प

साझा लाल्टिन संवाददाता

काठमाडौ १८ असार - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’

तर ट्रम्पले ती शर्तहरू के हुन् भन्ने बारे केही खुलाएका छैनन् ।

‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत गरेका छन् र उनीहरू नै अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। हमासले यो सम्झौतामा सहमति जनाउनेछ भन्ने मलाई पूर्ण आशा छ किनभने यसभन्दा राम्रो अवस्था केही हुने छैन, बरु झनै बिग्रिनेछ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया