०४ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, “सक्नुहुन्छ भने आकस्मिक बाहेक सरकारी अस्पतालमै उपचार गराउनुस् र सेवा चुस्त बनाउनुस्। म बाध्यकारी भनेको छैन।”
रास्वपा स्थापना भएको चार वर्ष पनि नपुग्दा विभिन्न पृष्ठभूमिका सदस्यहरू पार्टीमा जोडिएको उनले स्मरण गराए। सांसदहरूलाई जनताले दिएको जिम्मेवारी पालना गर्न र आन्तरिक विवाद वा बहुमत घट्ने डरबाट काममा ढिलाइ नगर्न उनले सुझाव दिए।
18 March 2026