समाजवादी क्रान्तिको कार्यदिशा ?

साझा लाल्टिन संवाददाता


समाजवादी क्रान्तिका नयाँ विचारधारा एवं एकिकृत  जनक्रान्तिको कार्यदिशाको विकास गरेर मात्र नेपालमा समाजवादी क्रान्ति सम्भव छ 

पहिलेको विश्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले लेनिनको पुँजीवादी क्रान्ति अर्थात् पुँजीवादी सिद्धान्तको बाटोबाट समाजवादमा जाने र माओको नयाँ जनवादी क्रान्ति हुँदै समाजवादमा जाने भन्ने विषयको बुझाइमा सबै कम्युनिस्ट पार्टीबीच धेरै फरक धारणा छैन । माओको ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको’ पाठलाई प्रस्थानबिन्दु बनाएर समाजवादी क्रान्ति गर्ने विषयलाई बुझ्ने, प्रयोग र विकास गर्नेबारे भने कम्युनिस्ट पार्टीबीच गम्भीर मतभेद रहेको छ । नेपालमा समाजवादी क्रान्तिको कार्यदिशा कस्तो हुन सक्छ ? भन्ने विषयमा एकिकृत जनक्रान्तिको विमर्श  गर्न जरुरी छ । 

अहिलेको बदलिएको परिस्थितिमा मार्क्सवाद - लेनिनवाद - माओवाद नयाँ विचारधारा राजनीतिक कार्यदिशा पुर्नबिवेचना ,पुर्नबिचार,अनुसन्धान गर्दै नयाँ आविष्कार गर्न सक्नुपर्छ । पुँजीवादी भूमण्डलीकरण विश्वमा समाजवादी क्रान्तिका लागि बिशौंशताब्दी अघिको क्रान्तिको तरिकाबाट सम्भव छैन ।

सूचना, सञ्चार तथा विज्ञान प्रविधिको यस युगमा वैज्ञानिक समाजवादी क्रान्तिका नयाँ कार्यदिशा हाम्रो आफ्नै दशवर्षे जनयुद्ध एवं शान्ति प्रक्रियाको लामो अनुभवबाट मार्क्सवाद- लेनिनवाद -माओवाद थप नयाँ विचारधारा राजनीतिक कार्यदिशा सहित नयां कार्यनीतिको विकास गरेर मात्र नेपालमा समाजवादी क्रान्ति सम्भव छ । अतः यसबारे नेपालका कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा बुझाइमा एकरूपता छैन । जसका कारण एउटा  कम्युनिस्ट पार्टीका नेता ,कार्यकर्ताले अर्को कम्युनिस्ट पार्टीकै नेता,कार्यकर्ताविरुद्ध आरोप–प्रत्यारोप गर्नुलाई नै महां क्रान्तिकारिता ठान्छन् । यस्तो तरिकाले नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिका सपना पूरा हुँदैनन् । 

नेपालमा यतिखेर पनि दुई दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी हरु (२८ वटा कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता) नयाँ जनवादी एवं समाजवादी क्रान्ति गर्ने भन्दै आ-आफ्नो पार्टीका गतिविधि गरिरहेका छन् भने अर्कातर्फ कम्युनिस्ट पार्टीहरू मार्क्सवादी दर्शनलाई बुझ्ने, व्याख्या गर्ने, प्रयोग र विकास गर्ने भन्दै मार्क्सवादी दर्शनको असली दाबेदार आफूलाई ठान्छन् । तर, आश्चर्यलाग्दो यो छ कि मार्क्सवादी दर्शनको ठीक विपरीत विचार प्रवृत्तिबीच संघर्ष–एकता–संघर्ष–रूपान्तरण फेरि संघर्ष–एकता–संघर्ष–रूपान्तरणसहित माक्र्सवादी दर्शनलाई सिद्धान्त र व्यावहारिक एवं आचरणमा निरन्तर प्रयोग र विकास गर्नुपर्नेमा यसको ठीक उल्टो मार्क्सवादी दर्शनविपरीत पार्टीभित्र र बाहिरका भिन्न मतलाई निषेध गर्ने विचार प्रवृत्ति विश्व एवं नेपाली कम्युनिस्ट पार्टीहरूमा रहुन्जेल नयाँ जनवादी एवं समाजवादी क्रान्तिको घन्टी बजाइरहनु बाहेक केही हुने देखिन्न ।

समाजवादी क्रान्तिका नयाँ विचारधारा एवं एकिकृत जनक्रान्तिको कार्यदिशाको विकास गरेर मात्र नेपालमा समाजवादी क्रान्ति सम्भव छ 

 किनभने मार्क्सवाद -लेनिनवाद - माओवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका तीन–तीन आधारभूत नियम र माक्र्सवादको चार मेथोडोलोजीलाई खोज अनुसन्धानमा प्रयोग गर्दै गहिरो अध्ययन गरी समाजवादी क्रान्तिका नयाँ विचारधारा एवं एकिकृत जनक्रान्तिको कार्यदिशाको विकास गरेर मात्र नेपालमा समाजवादी क्रान्ति सम्भव छ । यसबारे केही प्रश्न बहसका लागि उठाएको छु ।

१. समाजवादी क्रान्तिका लागि आधार तयार गर्न चार मोर्चाबाट १. सदन (तीन तह), २. सरकार (तीन तह), ३.सडक, ४. वैज्ञानिक सामाजिक समाजवादको प्रयोग र विकास : निश्चित गाउँ/नगर/वडा/पालिकाबाट उत्पादन सहित सामाजिक समाजवादको तत्काल अभ्यास गर्दै जानुपर्छ ।

२. माओले गर्नुभएको ‘महान् सर्वहारा सांस्कृतिक क्रान्तिको’ जनताको सर्वोच्चतालाई ‘इतिहासका निर्माता जनता हुन्’लाई अहिल्यैदेखि प्रस्थानबिन्दु बनाएर दर्जनौँ वर्ष लगाएर समाजवादी, सामाजिक, आर्थिक, सांस्कृतिक स्वसिर्जनशील अभ्यासबाट समाजवादको आधार तयारी गर्दै गएर मात्र समाजवादी क्रान्ति सम्भव   

३. रुसी क्रान्ति र चिनियाँ क्रान्तिका तरिकाबाट नयाँ जनवाद हुँदै समाजवादी क्रान्ति गर्न नयाँ जनवादी क्रान्ति वा समाजवादी क्रान्तिको कार्यदिशा एवं मोडेललाई आधार बनाएर बहस गरी एकिकृत जनक्रान्तिको कार्यदिशा एवं मोडेल विकास गरेर मात्र समाजवादी क्रान्ति  समपन्न गर्न सकिन्छ 

४. लेनिन र माओले क्रान्तिबाट कम्युनिस्टहरू राज्यसत्तामा गएर ‘पुँजीवादी बाटोबाट समाजवादमा जाने’ अर्थात् राज्य नियन्त्रित पुँजीवादी सिद्धान्तबाट समाजवादमा जाने त्यतिवेला अभ्यास गरिएको जगजाहेर छ । तर, विश्वव्यापी पुँजीवादी भूमण्डलीकरणको अर्थ–राजनीतिक, सांस्कृतिक एवं सामाजिक समाजमा अहिलेको कम्युनिस्ट पार्टीले पुँजीवादको विकास गरेर मात्र समाजवादमा जाने सिद्धान्तको बाटो विश्वमा मेल खाँदैन । तत्कालीन र अहिलेको विश्व परिस्थितिमा धेरै भिन्नता छ । तसर्थ, आमजनतालाई उत्पादनमा सहभागी गराएर उत्पादन वृद्धि गरी पुँजीको विकास गर्न सक्नुपर्छ । 

५. पुँजीवाद र समाजवाद यी दुवै भिन्न राज्यसत्ता रहुन्जेल यी दुवैमा वर्गसंघर्ष एवं वर्गीय स्वरूपको अस्तित्व रहिरहन्छ । तसर्थ समाजवादी राज्यसत्तामा पनि वर्गीय अस्तित्व रहन्छ । जब समाजवादबाट साम्यवादमा फड्को मारिन्छ, तब मात्र वर्गीय रूप बदलिन्छ । 

६.अहिलेको विश्वमा कम्युनिस्टमा, धनी र गरिब, ड्रोन युद्ध, जलवायु परिवर्तन र सूचना प्रविधि तथा एआई  जस्ता चुनौतीका रूपमा खडा भएका छन् । 

७. नेपालको अहिलेको पुँजीवादी सामन्ती राज्यसत्ता, राज्यप्रणालीका तीन अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एवं संवैधानिक अंग आदि) भित्र पनि वैज्ञानिक समाजवादी वैचारिक अर्थ–राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक आधार परापूर्वकालदेखि हरेक गाउँ, समाज, टोलमा अस्तित्वमा रहँदै आएको छ । पुँजीवादी राज्य र सरकारअन्तर्गत समाजवादी विचारधाराअनुसारको अर्थराजनीतिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक आधार प्रयोग र विकास गर्न सकिन्छ । मार्क्सको भनाइमा समाजवादी राज्यसत्ता रहुन्जेल वर्ग विलोप हुँदैन । अतः कम्युनिस्ट आन्दोलनको प्रयोग र  बिकाश बिगतको अनुभबको आधारमा चार मोर्चा  उत्पादन,सडक, सदन, सरकार समाजवादी अभ्यासबाट समाजवादको आधार तयार गर्नुपर्छ ।

८. राज्य, राज्यप्रणाली ,व्यवस्थापिका ,कार्यपालिका, न्यायपालिका र संवैधानिक अंग र सरकार (जनप्रतिनिधि) बीच रहेका अन्तरविरोधबारे आमजनतालाई स्पष्ट बनाउदै जानुपर्छ 

९. जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई समाजवादी क्रान्तियोग्य नयाँ पार्टी निर्माण गर्न द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका तीन–तीन नियमलाई बुझ्न तथा प्रयोग र विकास गर्न सक्नुपर्छ । आमजनतालाई संगठित गरी संगठित जनताको शक्तिले मात्र समाजवादी क्रान्ति सफल पार्न र निरन्तरता दिन सकिन्छ ।  यसको  बलियो आधार भनेको नै एकिकृत जनक्रान्तिको कार्यदिशा हो | क्रान्तिकारी हरु बिच एकता ,धुर्बिकरण र सहकार्य गर्दै नेपाली बिशेषताको आधारमा एकिकृत  जनक्रान्ति कार्यदिशाको विकास गर्दै गएमा मात्र नेपालमा समाजवादी क्रान्ति सम्भव छ ।  

लेखक : जितेन्द्र सी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय राजनितिक संवाद तथा परिचालन समिति सदस्य


प्रतिक्रिया