काठमाडौँ - निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले आज सम्बोधन नगर्ने भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट भने नेता वर्षमान पुनले संसद् बैठकमा मन्तव्य राख्ने तय भएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार आजको बैठकमा औपचारिक शुभकामना आदान–प्रदान मात्र हुने भएकाले पुनलाई बोल्ने जिम्मेवारी दिइएको हो।
आचार्यले संसदीय अभ्यासअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले कुनै पनि समयमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे। तर पहिलो दिनको बैठकको स्वरूप सीमित भएकाले पार्टीले प्रतिनिधित्व गर्दै पुनलाई अघि सारेको उनले जानकारी दिए।
02 April 2026