कोठे बैठक’मा जान्दैनौं, हर्क साम्पाङको खुला विरोध

साझा लाल्टिन संवाददाता

१६ चैत,काठमाडौं श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको सिंहदरबारको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। उनले प्रतिनिधिसभाको बैठक नै नबोलाई ‘कोठे बैठक’ आयोजना गर्नु उचित नभएको भन्दै आफ्नो पार्टीका सांसदहरू सहभागी नहुने स्पष्ट पारेका हुन्।

आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेका छन्। सोही क्रममा श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि आमन्त्रण गरिएको थियो। तर साम्पाङले संसद् सञ्चालनलाई प्राथमिकता दिनुपर्ने भन्दै यस्तो बैठकमा जान अस्वीकार गरेका छन्।

उनले भने, “संसद् नबोलाई यस्ता बैठक राख्नुको अर्थ छैन। जनताका सवालबाट भाग्न पाइँदैन, त्यसका लागि नियमित रूपमा सदन चल्नुपर्छ।” उनले कम्तीमा हप्तामा एकपटक प्रतिनिधिसभा बैठक बस्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन संसद् सक्रिय हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया