हिरासतमा रहेका दीपक खड्का अचानक बिरामी, रातारात त्रिवि शिक्षण अस्पताल भर्ना
साझा लाल्टिन संवाददाता
30 March 2026
१६ चैत,काठमाडौं - सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्का लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
हिरासतमा रहेका क्रममा रातभर वान्ता भएपछि उनको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। त्यसपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगेर उपचार सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ।
उनी आइतबार बिहान आफ्नै निवासबाट पक्राउ परेका थिए। पक्राउपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद थप गराएर उनलाई पुल्चोकस्थित प्रहरी हिरासतमा राखेको थियो। तर स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको हो।
यसैबीच, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सोही अस्पतालमा शनिबार साँझदेखि उपचाररत् रहेका छन्।