१६ फागुन,काठमाडौं - संयुक्त अरब इमिरेट्स सरकारले आबुधाबी क्षेत्रमा उच्च सतर्कता घोषणा गर्दै नागरिकलाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ।
इरानले आबुधाबीको अल दाफ्रा क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण सुरु गरेको खबर सार्वजनिक भएपछि सरकार सक्रिय भएको हो। सुरक्षा संवेदनशीलता बढेपछि सम्बन्धित निकायहरूले मोबाइल सन्देशमार्फत सर्वसाधारणलाई घरबाहिर ननिस्कन, झ्याल–ढोकाबाट टाढा बस्न र आधिकारिक सूचना मात्रै विश्वास गर्न आग्रह गरिरहेका छन्।
त्यहाँ कार्यरत नेपालीहरूले पनि मोबाइलमा चेतावनी सन्देश प्राप्त भइरहेको बताएका छन्। आक्रमणपछि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।
उता बहराइनमा पनि परिस्थिति संवेदनशील बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
28 February 2026