बालेनलाई ओलीको शुभकामना, शीतल निवासमा भने देखिएनन्
साझा लाल्टिन संवाददाता
27 March 2026
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत बालेन्द्र शाहको सपथग्रहणको तस्वीर सार्वजनिक गर्दै उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,” उनले लेखेका छन्, “मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दछु।”
शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको उपस्थिति थियो।
यद्यपि, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने समारोहमा सहभागी भएनन्।