०३ चैत,काठमाडौं - फागुन २ गते साँझ खोटाङमा परेको तीव्र हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको हलेसी एफएम १०२.४ मेगाहर्जको रिपिटर टावर पूर्ण रूपमा भत्काइदिएको छ।
हावाहुरी सुरु भएको क्षणदेखि नै रेडियो प्रसारण रोकिएको हलेसी एफएम सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले जानकारी दिएका छन्। टावर पूर्ण रूपमा भाँचिएर भुइँमा खसेको र त्यसैसँगै टावर नजिक रहेको दुईवटा भवनमध्ये एकको जस्ताको छाना पनि उडेको जनाएको छ।
त्यसैगरी, टावर नजिकका विद्युतका दुई पोल पनि ढलेका छन्।
खोटाङका विभिन्न ठाउँमा हावाहुरीका कारण दर्जनौं घर र विद्यालयका छाना उडाएको छ। क्षतिपूर्ति र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताएका छन्।
17 March 2026