काठमाडौं । ओखलढुङ्गाको चिसंखुगडी गाउँपालिकामा गएराती फेरी एक राई दम्पतिको विभत्स हत्या भएको छ । गाँउपालीका अध्यक्ष निशान्त शर्माले घटना भएको पुष्टि गर्दै छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन ।
हत्या गरिएका चिसङ्खुगढी गाउँपालिका- ६ भदौरेका अन्दाजी ८० वर्षीय दम्पति चन्द्रविक्रम राई र उनका श्रीमती चन्द्रमाया राई रहेको खुलेको हो । सामान्य पसल सञ्चालन गर्दै आएका राई दम्पतिको लुटपाट पश्चात हत्या भएको थियो । अहिले प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
यस अघि यही ठाउँमा मगर दम्पतिको हत्या भएको थियो। हत्या पश्चात फरार रहेका अपराधिक समूहका चार जनालाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको थियो ।
अहिले घटनास्थलमा वडा अध्यक्षसहित प्रहरी र स्थानीयहरू भेला भएका छन् ।
27 January 2026