नेकपा–जसपा ओखलढुंगा बीच कार्यगत एकता घोषणा हुने

साझा लाल्टिन संवाददाता

ओखलढुंगा । नेपाली कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, ओखलढुंगा बीच कार्यगत एकता हुने भएको छ। दुवै पार्टीले भोलि काठमाडौंमा आयोजना हुने एक भव्य कार्यक्रममार्फत औपचारिक रूपमा कार्यगत एकता घोषणा गर्दै संयुक्त रूपमा चुनावी अभियानमा होमिने भएका हुन्।

यसअघि खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले कार्यगत एकताको घोषणा गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङलाई सहयोग गर्ने स्पष्ट पारिसकेका थिए। सोही सहमतिलाई औपचारिक रूप दिन भोलि कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेताहरूका अनुसार कार्यगत एकतापछि ओखलढुंगामा संयुक्त चुनावी रणनीति बनाइनेछ र मतदातामाझ समन्वित रूपमा अभियान सञ्चालन गरिनेछ। स्थानीय तहदेखि जिल्लामा संगठनात्मक सहकार्य गर्दै गुरुङको जित सुनिश्चित गर्न साझा प्रयास गरिने उनीहरूको भनाइ छ।

कार्यगत एकताको घोषणासँगै ओखलढुंगाको चुनावी समीकरण थप रोचक बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया