भाट-भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता

साझा लाल्टिन संवाददाता

२६ भदौ,काठमाडौँ - आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति भोगेको भाट-भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएको छ । 

फेसबुक पोस्टमा भाटभटेनीले भनेको छ, दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।

कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्‍याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ। पोस्टमा भनिएको छ, हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।

क्षति ठूलो भए पनि भाट-भटेनीले आफ्नो संकल्प अझै बलियो रहेको उल्लेख गरेको छ। भाट-भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ पोस्टमा लेखिएको छ।


प्रतिक्रिया