नेकपाबाट हुम्ला प्रतिनिधिसभामा डा. दीपेन्द्र रोकाया उम्मेदवार

साझा लाल्टिन संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हुम्ला प्रतिनिधिसभा निर्वाचनका लागि डा. दीपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । जिल्लाबाट झण्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि अन्ततः रोकायाले टिकट हात पार्न सफल भएका हुन् ।

रोकाया २०७९ कै संसदीय निर्वाचनमा डेब्यु गर्ने तयारीमा रहे पनि त्यसबेला माओवादी केन्द्रले कार्चेन लामालाई उम्मेदवार बनाएपछि उनको अवसर रोकिएको थियो । कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्यसमेत रहेका रोकाया माओवादी केन्द्रभित्र बौद्धिक नेताका रूपमा परिचित छन् ।

पूर्व पत्रकारसमेत रहेका उनले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । विकास योजना, नीति निर्माण र कर्णालीका दीर्घकालीन आवश्यकताबारे स्पष्ट धारणा राख्ने नेताका रूपमा उनलाई चिनिन्छ ।

यसैबीच, हुम्लामै नेकपा एमालेबाट दल फडेराले प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका छन् । 

प्रतिक्रिया