एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

साझा लाल्टिन संवाददाता

काठमाडौँ २१ असार - मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । 

शनिबार मलेसियामा भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो । यस अघि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा सबै विकेटगुमाउँदैए एक सय १४ रनको लक्ष्य प्रस्तुत गर्यो । विपिन शर्माको कप्तानीमा रहेको  नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । सिवन्स बजगाईले २० रन बनाए । यसअघि सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि तीन विकेट लिए।  शुभम खनालले दुई  तथा कप्तान बिपिन प्रसाद शर्माले एक विकेट लिएका थिए ।


प्रतिक्रिया