गगनलाई रुख र चार तारा, देउवा दलविहीन

साझा लाल्टिन संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टीको आधिकारिक मान्यता दिएको छ। आयोगले भर्खरै गरेको निर्णयअनुसार पार्टीको नाम, चुनाव चिन्ह र झण्डा थापा नेतृत्वको पक्षलाई प्रदान गरिएको हो।

यस निर्णयसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको विवाद औपचारिक रूपमा टुंगिएको छ। दुई कार्यकाल पार्टी सभापति र पाँच पटक देशको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा भने जीवनको उत्तरार्धमा आफ्नै पार्टीविहीन भएका छन्।

निर्वाचन आयोगले देउवा पक्षलाई आयोगले अब नयाँ नाम र चुनाव चिह्न रोज्न समय दिने सम्भावना छ 

प्रतिक्रिया