गाजामा भोकमरी खतरनाक स्तरमा पुगेको र अझै बढ्नसक्ने

साझा लाल्टिन संवाददाता

काठमाडौं १२ साउन - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ । 

डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्‍याउन थालिएपछि दिएको हो ।

जोर्डनले संयुक्त अरब इमिरेट्स यूएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ ।

यता इजरायलले गाजाका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्र (यूएन) का तर्फबाट सहायता सामग्री पठाउनका लागि करिडोर खोल्ने बताएको छ ।


प्रतिक्रिया