काठमाडौँको नक्सालस्थित नारायणचौरबाट आइतबार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई भद्रकाली जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
राजावादी आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्र बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।
01 June 2025