रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

साझा लाल्टिन संवाददाता

काठमाडौँ  ३ असार - राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं अदालतबाट  तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । 

काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । 

मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए । धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए । राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दु:खद रहेको उनले बताए । 

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । 


प्रतिक्रिया