धादिङका सबै स्थानीय तहले सांसद हस्तक्षेपको कडा प्रतिवाद गरे

साझा लाल्टिन संवाददाता

०५ चैत,काठमाडौं जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूद्वारा कानुन विपरीत निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा विरोध गर्ने घोषणा गरेका छन्।

धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले केही दिनअघि जारी गरेको निर्देशनलाई विरोध गर्दै जिल्लाका पालिकाहरूले एक स्वरमा प्रतिवाद गरेका हुन्।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकमा सबै पालिका प्रमुख र उपप्रमुखहरूले सांसदहरूको हस्तक्षेपले स्थानीय सरकारको स्वायत्तता धम्क्याएको निष्कर्ष निकाले। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनप्रतिनिधिहरूले संविधान र कानुन विपरीत हुने निर्देशनप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “नवनिर्वाचित सांसदहरूको नामबाट जारी संविधान र कानुन विपरीत निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने प्रयासको हामी कडा प्रतिवाद गर्दछौं।”

स्थानीय तहका प्रतिनिधिहरूको अडान छ कि संविधानको अनुसूची ८ ले दिएको अनन्य अधिकार प्रयोगमा बाधा पुर्‍याउने कुनै पनि आदेश स्वीकार्य हुने छैन।

प्रतिक्रिया