काठमाडौँ । वरिष्ठ अभिनेता सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन्।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। नेपाली चलचित्रमा खलनायकको भूमिकालाई नायकसरह उचाइ र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ नामले विशेष परिचित थिए।
थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्। नेपाली चलचित्र क्षेत्रले एक सशक्त कलाकार गुमाएको छ।
07 February 2026