प्रचण्ड सँग शिष्टाचार भेट गर्न खुमलटार पुगे भारतीय विदेशसचिव मिश्री

साझा लाल्टिन संवाददाता

काठमाडौं १ भदौ - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन् । यसअघि सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनी त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया