१८ भदौ, काठमाडाैं - काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीस्थित एक घरबाट स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ र ९ किलोग्राम भन्दा बढी सुनका गरगहना र ३ किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ६ घर हाल जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने घरधनी वर्ष ७७ बर्षिय विनोद कुमार श्रेष्ठ रहेका छन् । उनलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ ।
श्रेष्ठकै घरबाट उक्त रकम र सुनचाँदीका गरगहना भेटिएकाे प्रहरीले जनाएकाे छ । नयाँबजारस्थित श्रेष्ठका छाेरा राज कुमार श्रेष्ठले सनम खड्गीकाे घरमा लिएकाे भाडाकाे काेठाबाट पनि केही रकम र गरगहना भेटिएकाे प्रहरीले जनाएकाे छ ।
03 September 2025