रेशम चौधरीको टिप्पणी : नेपाल न्याय मरेको देश

साझा लाल्टिन संवाददाता

काठमाडौं २८ असार - नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको दोहोर्‍याएका छन्  ।

मान्छे नमार्ने थारु हत्यारा भएको तर मान्छे मार्नेहरू सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको उनको भनाइ थियो ।

हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ । मान्छे मार्नेहरू उनैसँग छन्, सँगसँगै छन् । उनले मार्‍यौँ पनि भन्छन् । बडा पीडा छ । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ?, चौधरीले भने । 

चौधरीले नेपाल न्याय मरेको देश भएको समेत टिप्पणी गरेका छन् ।

म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु, चौधरीले भने, बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा मर्‍यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ ।

संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरूसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरूको भोट चलाउने प्रपञ्च भइरहेको बताएका छन्  ।

प्रतिक्रिया