२७ माघ, काठमाडौं - काठमाडौंबाट ओखलढुंगाको खिजीदेम्बातर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोसी नदीमा खसेको खबरले सबैलाई स्तब्ध बनाएको छ । दुर्घटनाको जानकारी पाउनासाथ स्थानीयवासी, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरू तत्काल उद्दार र उपचार कार्यमा जुटेका छन् ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थलमा उद्दार कार्य जारी छ भने घाइतेहरूको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यात्रुहरूको अवस्था, क्षति विवरण र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको छ ।
यस दुःखद घडीमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उद्दार र उपचारका लागि सबै पक्ष एकजुट हुन आवश्यक छ ।
10 February 2026