काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ। प्रहरीले आज बिहान नियन्त्रणमा लिएलगत्तै नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पताल पुर्याएको जनाएको छ।
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले तत्काल सचिवालयको आकस्मिक बैठक बोलाएको छ। पार्टी मुख्यालय च्यासलमा जारी बैठकले केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूसँग परामर्श गरेर विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।
सरकारले शुक्रबार गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले आज सबेरै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो।
28 March 2026